फुलचोकी जंगलबाट १३ व्यक्ति हराए

काठमाडौं, पुष ०८। ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । सोमबार फुलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

 

ललितपुरका एसएसपी शेखर खनालका अनुसार स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ । ‘१३ जना व्यक्ति हराएको सूचना आएको छ,’ एसएसपी खनालले भने, ‘लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएका छौं ।’

 

फुलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको