कवि शिरोमणि पौड्यालको १४१ औ जन्मजयन्ती मनाइयो नवलपुरमा

गैंडाकोट, पुस २० । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औ जन्म जयन्ती सन्दर्भमा आयोजित वाङ्मय विमर्श एवं कविता वाचन कार्यक्रम जनमुखी आदर्श कलेजको सभा कक्षमा शनिबार सम्पन्न भएको छ।

 

नवलपुरका पुराना गीतकार तथा साहित्यकार दीपक सोतीको प्रमुख आतित्यतामा भएको कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालाको व्यक्तित्व र कृतित्वका विषयमा विमर्श सहित उनका विषयमा कविता प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि सोतीले पौड्यालका विषयमा विशेष छन्द कविताको प्रवर्धनमा कविशिरोमणिको महत्वपूर्ण योगदान रहेको बताउँदै अहिलेसम्म पनि छन्द कवितामा उनका कविताहरु नै प्रभावशाली छ, सोतीको कथन रहेको थियो।

 

गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान र उषाकालीन साहित्य समाज अमरापुरीको सह आयोजनामा भएको कार्यक्रममा गैंडाकोट वडा नम्बर १५ कि वडा अध्यक्ष कोकीसरा रानामगर विशेष अतिथि रहेकी थिइन्। कार्यक्रममा उपस्थित साहित्यकारहरू प्रेमराज तिमल्सिना, बिनोद मल्ल, दशरथ तिवारी, रामहरी शर्मा सराह, इन्द्रराज पौडेल, सुशील आदर्श,कृष्णदेवी शर्मा, सदानन्द अभागी, विष्णुमाया पन्थी, भानु सापकोटा, धर्मानन्द शर्मा पौडेल, जीवनराज सापकोटा, गोविन्द कोइराला, मुना धनञ्जय, भूमिका गैरे तिमिल्सिना, लगायतले पौड्यालका विषयमा आफ्नो धारणासहित रचनाहरू प्रस्तुत गरेका थिए।

 

गैडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सचिव भीमप्रसाद शर्माले अध्यक्षता गरेको कार्यक्रममा उषाकालीन साहित्य समाजका अध्यक्ष तेजेन्द्र सापकोटाले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य दिएका थिए भने समाजकी उपाध्यक्ष शोभा खनाल कोइरालाले आफ्नो कविताबाट उपस्थित सम्पूर्णलाई शुभकामना दिएको कार्यक्रम समाजकी सचिव राधा पाण्डेले सञ्चालन गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको