मेयर हर्क रित्तो गाग्रीसहित काठमाडौँमा

काठमाण्डौ,माघ ०७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं गएका छन्। धरानमा खानेपानीको समस्या रहेको भन्दै उनी रित्तो गाग्रीसहित सोमबार काठमाडौं गएका हुन्।

 

मेयर साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने कार्यक्रम छ। सरकारले धरानको खानेपानी समस्या समाधान गर्न बेवास्ता गरेको मेयर साम्पाङको भनाइ छ। त्यसैले उनी रित्तो गाग्रीसहित प्रधानमन्त्री र मन्त्री भेट्न संघीय राजधानी काठमाडौं आएका हुन्। मेयर साम्पाङले मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्ने बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको