
काठमाडौं,माघ ०८ । अनलाइनमार्फत यौन दुव्र्यवहार जन्य सन्देश पठाएको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन् ।उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन् ।
इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।