
गैँडाकोट, माघ ०९ । नवलपुरको गैँडाकोटबाट प्रहरीले भारतीय ट्रकबाट लुकाएर ल्याउदै गरेको २५६ किलो गाँजा बरामद गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १० पितौजी स्थित पूर्वपश्चिम राजमार्गमा शसस्त्र प्रहरीले पूर्वबाट पश्चिम जाँदै गरेको वजण्द्दग ७०६० नम्बरको भारतीय ट्रकबाट सो परिमाणको गाजा बरामद गरेको हो ।
प्रहरी नायव उपरिक्षक विनोद कार्कीको कमाण्डमा खटिएको शशस्त्रको प्रहरीको टोलिले विहान ३ वजे चेकजाच गर्दा ठुलो परिमाणको गाजा बरामद गरिएको हो । गाजा ओसारपसारमा संग्लन ट्रकका चालक भारतको विजयगढ घर भएका ४० वर्षका पुस्कल यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।