एकदेवले ल्याए ‘चिसो बाकस’

गैंडाकोट, माघ १७ । कवि एकदेव रिमाल द्वारा लिखित कविता संग्रह ‘चिसो बाकस’ लोकार्पण भएको छ।

बिहीबार गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठान द्वारा आयोजित एक कार्यक्रमका बीच कवि रिमालको कविता संग्रह ‘चिसो बाकस’ लोकार्पण भएको हो। कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी रहेका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र कृतिकारका माता-पिता द्वारा सो पुस्तक सामुहिक रुपमा लोर्कापण भएको थियो । लोकार्पण भएसँगै प्रमुख अतिथि अधिकारीले
आफ्नो मन्तव्य राख्दै अहिलेको समयमा नेपाली साहित्यका पुस्तकहरू प्रकाशित हुने क्रम बढेको तर पठन संस्कृति भने नभएको गुनासो गर्दैै कृतिका लेखकलाई थप सफलताको शुभकामना तथा बधाई दिएका थिए ।

कवि एकदेवले ‘चिसो बाकस’लाई आफ्नो पहिलो सन्तानको रूपमा लिएको बताउँदै देशमा भएको प्राकृतिक स्रोतको सदुपयोग, जीवन भोग र पछिल्लो अवस्थाको जीवन चित्रण गरिएको उनले बताए । लेखकले आफ्नो कृतिमा जिन्दगीको कष्टसाध्य अवस्था र ईर्ष्यामुक्त समाजको कल्पना आफ्नो कृतिमा व्यक्त गरेका छन् । आफू जन्मिएदेखि आमा र प्राकृतिक छटाहरूको बयानसहित प्रकाशनमा आएको ‘चिसो बाकस’ गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले प्रकाशनमा ल्याएको हो। कुल ५१ वटा कविता रहेको उक्त कृतिको मूल्य ४३० रहेको छ । लोकार्पण भएको उक्त कृतिका विषयमा कवि भुपिन व्याकुल र उदयराज अधिकारीले समीक्षा गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा गैंडाकोट नगरकी उपमेयर शान्ति कोइराला, उद्योग वाणिज्य संघका अध्यक्ष दीपक सापकोटा, रामहरी शर्मा सराह, इन्द्रराज पौडेल, धनप्रसाद सापकोटा, षडानन्द लामिछाने, प्रकाश अधिकारी, गोकुल सापकोटा, प्रकाश थापा, तेजप्रसाद घिमिरे, छवि कण्डेल, सूर्य प्रकाश कण्डेल लगायत विभिन्न सामाजिक राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत स्थानीयको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा भएको कार्यक्रम लाई नगर प्रज्ञाप्रतिष्ठान सदस्य सचिव भीम शर्माले स्वागत मन्तव्य तथा साहित्यकार सुरेन्द्र अस्तफलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको