सरस्वती निकेतनले गर्यो सांस्कृतिक नृत्य र हाजिरी जवाफ प्रतियोगिता

गैँडाकोट,माघ १८ ।  सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आज विद्यालयमा अभिभावक र विद्यार्थीका लागि नृत्य प्रतियोगिता र टोल विकास अन्तरमहिला समूह स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नृत्य प्रतियोगितामा कक्षा ३ का अविज्ञा मगर र अभिभावक यूनिका मगर प्रथम हुनुभएको छ । यस्तै कक्षा ३ का गंगा सुनार र अभिभावक सरस्वती सुनार द्धितिय, कक्षा २ का रुपल गिरी र अभिभावक कौशिल्या गिरीले तृतिय स्थान हासिल गर्नुभएको छ ।

टोल विकास अन्तरमहिला समूह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा मौलाकालि टोल विकास महिला समुह प्रथम, सिर्जनशिल टोल विकास महिला समूह द्धितिय र प्रगतीशिल टोल महिला समुहले तृतिय स्थान हासिल गरेको छ । यस्तै आर्दश टोल महिला समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

विद्यालयका प्राचार्य भरतबाबु कँडेलले गैँडाकोटको पुरानो विद्यालयको चिनारी पाएको यस विद्यालयले विद्यार्थीको शैक्षिक, बौद्धिक र व्यवहारिक विकासमा टेवा पु¥याउने कार्यक्रम सँगै शैक्षिक गतिबिधिलाई अब अझै नयाँ ढंगबाट अगाडी बढाएर लैजाने प्रतिवद्धता जाहेर गर्नुभयो ।

गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीले संस्थागत विद्यालयमा सरस्वती निकेतन उत्कृष्ट मध्येको एक विद्यालय भएको बताउनुभयो । विद्यालयले हरेक क्षेत्रमा आफ्नो सबल उपस्थिती जनाएको भन्दै अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिबिधिमा पनि विद्यालयले राम्रो गरिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले विद्यार्थीका लागि मात्र नभइ अभिभावकको विकासका लागि पनि अतिरिक्त कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थी मात्र नभएर समुदाय लक्षित रहेर कार्यक्रम गर्दै आएको बताउदैँ हरेकको क्षमता निखार्न विद्यालयले सक्दो पहल गर्ने पनि बताउनुभयो । कार्यक्रम रामकृष्ण कोइरालाले सहजीकरण गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको