
काठमाडौं,०८ फागुन । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।
फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।
यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ ।