
गैँडाकोट,फागुन ०८ । गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को विहीबार समुद्घाटन गरिएको छ । विहीबारको पहिलो खेलमा हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाबीच प्रतिष्पर्धा भएको थियो । बुलिङटारलाई ४–० गोलले पराजित गर्दै हुप्सेकोट गाउँपालिका विजयी भएको छ ।
हुप्सेकोटका तर्फबाट यमप्रसाद बुढामगरले २ गोल, विशन खाम्चा मगरले १ गोल र मिसन सोती मगरले १ गोल गर्नुभएको थियो । विहीबारको खेलमा यमप्रसाद बुढामगर म्यान अफ दि म्याच घोषित हुनुभएको छ । शुक्रबारको खेलमा मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ । खेल क्षेत्रीय रंगशालामा हुनेछ ।