बदेल मारेको अभियोगमा सात जना पक्राउ

कावासोती, फागुन ११ । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न ।

 

नवलपुरको कावासोती-११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती-१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

 

पक्राउ परेकाहरुबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बंदेलको मासु समेत बरामद भएको उनले बताए ।

 

विषेश सूचनाको आधारमा पक्राउ परेकाहरु कावासोती ११ र १२ का रहेका र उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको निकुञ्जले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको