७ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला पर्यो

कावासोती, फागुन ११ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।

 

कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

 

थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । अर्को गैँडास्ँग जुधेर घाईते भएर बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

 

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको