आजको राशिफल मिति २०८१ फागुन १९ गते सोमबार

मेष (चु,चे,चो,ला,लि,लृ,ले,लो,अ) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारबाट लाभ लिन सकिनेछ ।  पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

बृष (इ,य,ए,ओ,वा,वि,वु,वे,वो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मवल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) धार्मिक काम वा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाव बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सूचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई वा अतिथिका रूपमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न  सकिनेछ । जीवन साथीसँग रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । काम विग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ । नयाँ लगानी वा यात्राको लागी समय मध्ययम रहेकोछ ।

तुला (रा,रि, रु,रे,रो,ता,ति,तु,ते)  दाजुभाई तथा बन्धु बान्धवसँग सामान्य मनमुटाव सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकाले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुराहरु गर्नु राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरि राम्रै फड्को मार्न सकिने समय रहेकोछ ।  प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारको लागानी फस्टाएर जाने तथा आम्दानीमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा, जि, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेकोछ, ख्याल गर्नुहोला ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना छ । व्यापार तथा वित्तीय बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगरिदिंदा महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्ने अवस्था आउन सक्छ, ख्याल गर्नुहोला । र, पनि विर्थीहरुले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्नेछन् । अध्ययन कै सवालमा लामो दुरीको यात्रा हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको