नेपालमा चाँडै राजतन्त्र फर्किने कालीदास बाबाको दाबी

काठमाडौँ, चैत ०३ । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको जिकिर गरेका छन्।

 

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको दाबी गरे। आफू हिन्दुराष्ट्रको पक्षमा रहेको पनि उनले बताए। राजा आउने वा नआउने भन्ने जनताले चाहने कुरा भएको बताए। अहिलेका नागरिकहरूमा जनशक्ति जागृत भएको र छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताए।

भारतीय र नेपालका सञ्चारमाध्यमले पनि राजतन्त्रको वकालत गर्ने गरेको भन्दै छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको