
गैँडाकोट, चैत २२ । पूर्वी नवलपरासीको गैँडाकोटमा सम्पन्न अन्तर टोलविकास महिला समूह डोरी तान्ने प्रतियोगितामा प्रतिभा टोल महिला समूह प्रथम भएको छ ।मौलाकालिका समाज केन्द्र नेपाल गैँडाकोटको आयोजनामा भएको प्रतियोगतामा प्रतिभा टोल महिला समूहले प्रथम स्थान हाँसिल गरेको मौलाकालिका समाज केन्द्र नेपालका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा मौलाकालिका महिला समूह द्धितीय र श्रीनगर एक्लेसाल टोल महिला समूह तृतीय भए । प्रतियोगितामा विजयी भएका महिला समूहहरुलाई आजै प्रमाणपत्रले सम्मान गरिएको छ ।
क्लवका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, २ का अध्यक्ष प्रकाश सापकोटा, सरस्वती निकेतन आवासिय माविका प्राचार्य भरतबाबु कंडेल, क्लवका पूर्वअध्यक्ष पुरुषोत्तम गौडेल (प्रमोद) लगायतका अतिथिहरु रहनुएको थियो ।
डोरीतान प्रतियोगिताको प्रायोजन सरस्वती निकेतन आवासिय माविले गरेको थियो ।