ताराखोला गाउँपालिका ३ का वडा अध्यक्ष भण्डारी मृत भेटिए

काठमाडौँ, चैत्र २७ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।

 

करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार भण्डारी आफ्नै घरमा मृत भेटिएका हुन् । घटनापछि चार जना प्रहरी घटनास्थल गएको र थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको