पौडी खेल्ने क्रममा नारायणीमा डुबेर २ जना बेपत्ता

कावासोती, वैशाख ३ । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भएका हुन् ।

 

दाजुभाइका छोरा प्रज्वल र विजयी पाँच जना साथीसँग मिलेर मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएका थिए ।

 

पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माले बताए । बेपत्ता भएको बारे अबेर थाहा भएको र रात परेकाले खोजी कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको