नौ वर्षसम्म पुल बनेन, पुल बनाउन स्थानीयको ताकेता 

नवलपुर, बैशाख ३ । नवलपुरको कोखेटार र तनहुँको मधुवन जोड्ने पक्कीपुल निर्माणमा ढिलाई भएपछि स्थानीयहरु सडक बिभाग पुगेका छन् ।

 

नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका वडा नं.४ मधुवन जोड्ने पक्की पुलनिर्माणका लागि नौ बर्ष लाग्दा पनि काम सम्पन्न नभएपछि स्थानीयहरु सडक बिभाग पुगेका हुन् ।

पटक पटक निर्माण कम्पनी र कार्यालयलाई अनुरोध गर्दा कामले गति लिन नसकेपछि बिभागलाई गुर्हान परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले बताउनुभयो । पुल सेक्टर कार्यालय पोखराका कार्यालय प्रमुख ज्ञानेन्द्र कनौली , बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहितको टोलीले सडक बिभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिएको टोलीका युवा नेता गिरीले जानकारी दिनुभयो ।

 

२०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरा संग सम्झौता भई लुम्बिनी बिल्डर्स–नागर्जुन–स्वच्छद जेवीले काम थालेका थिए । २०७७ बैशाख २८ गते काम सक्नुपर्ने सम्झौता रहेको थियो । समयमा काम नसकेपछि थपिएको म्याद समेत २०८२ चैत्र ७ गते सकिदैछ । ५० प्रतिशत भौतिक र झण्डै हाराहारीमा बित्तिय प्रगति भएपनि कामहुन नसक्दा कार्यालय प्रमुख सहितको टोलीले महानिर्देशक पोखरेललाई भेटे गरेको हो । निर्माणमा देखिएको समस्या हल गरेर तोकिएकै समयमा काम सम्पन्न गराउने गरी बिभागले निर्माण कम्पनीलाई निर्देशन दिने उहाँले टोलीलाई आश्वासन दिनुभयो । हरेक हिउँदमा दुइ चार जना मजदुर केही समय राख्ने र बर्षा लाग्यो भन्दै काम नगर्दा पुलको निर्माण हुन नसकेको हो । कुनै पनि बहानामा अब निर्माण रोकिन्न महानिर्देश पोखरेल भन्नुभयो– “निर्माण रोकिने समस्या हुदैन काम हुन्छ ढुक्क हुनुहोस् हाम्रो निगरानी हुन्छ”

२२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउन पर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ त्यसको पनि जमिनमुनीको भागको काम सकिएकाले निर्माण पक्षले ध्यान दिदा काम सहज हुने पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले जानकारी दिनुभयो । काम अनुसारको भुक्तानीको कुनै समस्या छैन तर बहाना बनाएर निर्माण रोक्न भएन उहाँले भन्नुभयो । सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुल निर्माण हुँदायात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानीपोखरालाई जोड्न पनि यो पुलनिर्माण महत्वपूर्ण रहेको छ ।

बुलिङटार भित्र थालनी भएका योजनाहरु सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ लागिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको