‘हेलो सरकार’मार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि ‘र्यापिड रेस्पोन्स टिम’

काठमाडौँ, वैशाख १९ । सरकारले ‘हेलो सरकार’मार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ।

 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रवार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समावेश छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

यस्तै सरकारी निकायमा पारदर्शीता र जवाफदेहीता वृद्धि गर्न भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति कार्ययोजना कार्यान्वयन गरिने पनि नीति कार्यक्रममा भनिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको