सुन व्यापारी फेरि सडकमा आए

काठमाडौँ, असार १३ । सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।

 

 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेटलगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए ।

 

तर माग सम्बोधन नगरेको भन्दै शुक्रबार व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका छन् । यस्तै बागमती प्रदेशमा विरोध र्‍याली निकाल्ने पूर्वघोषणाअनुसार शुक्रबार राजधानीको न्युरोड क्षेत्रमा व्यवसायीले बृहद र्‍याली निकालेका हुन् ।

 

उनीहरूले सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिइसकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको