१७ वर्षमुनिका फुटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न

गैंडाकोट, श्रावण १० । १७ वर्षमुनिका पुरुष फुटबल खेलाडी छनौट कार्यक्रम शनिबार कावासोतीस्थित राम मन्दिर फुटबल मैदानमा सम्पन्न भएको छ।

 

जिल्ला फुटबल संघ नवलपुरद्वारा आयोजित उक्त कार्यक्रम संघका कार्यवाहक अध्यक्ष मेघराज पाण्डेको अध्यक्षतामा तथा नवलपुर खेलकुद विकास समितिका अध्यक्ष शेबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

छनौट कार्यक्रममा हरि थापा, हेमशंकर देवकोटा, लक्ष्मण कार्की, अर्चना कुमाल, गौरव भक्त अधिकारी लगायत प्रदेश तथा जिल्ला खेलकुद समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

जिल्लाभरका १०० भन्दा बढी खेलाडीमध्येबाट १४ जना उत्कृष्ट खेलाडी छनौट गरिएको आयोजकले जनाएको छ। छनौट भएका खेलाडीहरूलाई अब प्रदेश स्तरीय छनौटमा सहभागी गराइनेछ र तिनीहरूलाई आगामी SAFF U-17 प्रतियोगिताका लागि तयारी गराइने फुटबल संघ नवलपुरले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको