१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, श्रावण १९ । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

 

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको