देवचुली–१७ मा ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको छ। जग्गाको भोगाधिकार प्राप्त भएको करिब एक वर्षपछि निर्माण कार्य अघि बढाइएको हो।
निर्माण कार्यको सुरुवातसँगै प्रतिनिधि सभा सदस्य डा. सशांक कोईरालाले टोलीसहित स्थल अवलोकन गर्नुभएको छ। उहाँले “जनताको स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क पहुँचमा ल्याउनु हाम्रो प्राथमिकता हो,” भन्दै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्य रहेको बताएका छन्।
१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो योजना पूरा भएपछि दुर्घटना वा आकस्मिक अवस्थामा शीघ्र उपचार सम्भव हुने र यसले नवलपुरसँगै आसपासका जिल्लाका बासिन्दालाई पनि ठूलो राहत दिने अपेक्षा गरिएको छ।







