जनताको पैसामा ठेकेदारको खेलवाड:सडक अधुरो, डिभाइडर ब्लकमा हतारो

गैंडाकोट भाद्र १३ । नारायणघाट-बुटवल सडक विस्तार योजनामा फेरि पनि ठेकेदारको लापरबाही देखिएको छ। अझै अधुरो र भत्किएको सडक छाडेर ठेकेदार कम्पनीले डिभाइडर ब्लक जडानमा हतार गरेको छ।

 

तस्वीरमा स्पष्ट देखिएझैँ, सडक पिच, ग्राभेल र सतह सम्याउने काम नै पूरा भएको छैन। तर ठेकेदारले सवारी साधनलाई सीमित गर्न प्रयोग हुने क्र्यास बेरियर (रोड डिभाइडर ब्लक) जडान गर्दैछ।

 

प्राविधिक दृष्टिले सडक पूर्णरूपमा तयार भएपछि मात्र यस्तो संरचना जडान गर्नुपर्ने हुन्छ। तर ठेकेदारले उल्टै अधुरो सडकमै ब्लक जडान गरेर यात्रु र सवारी साधनलाई थप जोखिममा पारेको छ।

 

जनताको करको पैसा खर्च हुने राष्ट्रिय महत्वको आयोजनामा यस्ता लापरबाही कार्य भइरहनु आफैंमा ठेकेदार र आयोजनाप्रति गम्भीर प्रश्न बनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको