अवैध करिब ४ करोड रुपैयाँ बरामद

काठमाडौँ, भाद्र १७ । राजधानीको गोंगबुस्थित एक घरमा मंगलबार प्रहरीले ठूलो मात्रामा नगद बरामद गरेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद भएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङका अनुसार बरामद भएको रकम अवैध भएको आशंका गरिएको छ। “घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको