गैंडाकोटका अर्जुन पौडेलद्वारा नेपाली कांग्रेस परित्याग, ‘हत्यारा सरकारलाई समर्थन गर्ने संगठनमा रहन अपराध सरह’

गैंडाकोट, भाद्र २४ । नेपाली जनसम्पर्क समिति इजरायलका स्थापक महामन्त्री अर्जुन पौडेलले आजदेखि नेपाली कांग्रेस पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका छन्।

उनले खड्का प्रसाद ओली नेतृत्वको वर्तमान सरकारलाई “हत्यारा सरकार” भन्दै समर्थन गर्ने नेपाली कांग्रेससँग आबद्ध रहन नसक्ने स्पष्ट पारेका छन्। पौडेलले भने, “जनताको रगत बेच्ने, न्यायको आवाज दबाउने र सत्ताको लालचमा सिँहदरबारमा प्रवेश गर्ने सत्ता-समिकरणलाई समर्थन गर्ने संगठनमा रहनु मेरो लागि अब अपराध सरह भयो।”

पार्टी त्याग घोषणा गर्दै उनले थपे “युवा शक्ति अमर रहोस्, हत्यारा सरकार मुर्दावाद !”

पौडेल गैंडाकोट, नवलपुरका स्थायी बासिन्दा हुन्। उनले नेपाली कांग्रेस छाड्दै जनताको पक्षमा न्याय र परिवर्तनको आन्दोलनलाई निरन्तर साथ दिने प्रतिज्ञा समेत गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको