गैँडाकोट रास्वपा नगरसभापति घिमिरे निलम्बन

गैँडाकोट, असोज ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगरसभापति विमल घिमिरे पार्टीबाट निलम्बनमा परेका छन् ।

 

गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा पार्टीको आचारसंहिताबिपरीत गतिविधि गरेको देखिएको भन्दै उनलाई तत्काल प्रभावबाट निलम्बन गरिएको हो ।

 

निर्णय नहुञ्जेलसम्म घिमिरेलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपाले जनाएको छ । सोही क्रममा नगरसभापतिको कार्यवाहक जिम्मेवारी उपसभापति नारायणप्रसाद अधिकारीलाई तोकिएको छ ।

 

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी भइरहेका बेला घिमिरेले नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको