रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले दिए राजीनामा

काठमाडौँ, असोज १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन्।

 

उनको राजीनामाबारे रास्वपाका एक केन्द्रीय सदस्यले पुष्टि गर्दै भने, “उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको छ।”

 

हालै रास्वपामा केन्द्रीय सदस्यहरूको राजीनामाको क्रम बढ्दै गएको छ। यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्। उनको राजीनामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरिसकेको छ।

 

त्यस्तै अर्का केन्द्रीय सदस्य हरि भट्टले पनि पार्टी पदबाट राजीनामा दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको