केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू

२० कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीबाट अलग भएका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू पुनः एमालेमा फर्कने तयारीमा भएका छन्। यसैक्रममा उनीहरूले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार, कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रियसभा गृहमा ‘घर फर्कने अभियान’ शीर्षकको कार्यक्रम आयोजना हुनेछ, जहाँ एकीकृत समाजवादी छोडेका नेताहरू औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

यसअघि नेता किसान श्रेष्ठले कुनै पनि सर्त नराखी एमालेमा फर्कन आफूहरू तयार रहेको सार्वजनिक रूपमा बताएका थिए।

एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलहरूसँग एकता प्रक्रिया अघि बढाए पनि झाँक्री र श्रेष्ठ समूह भने त्यसमा सहभागी हुन रुचाएका थिएनन्। केही दिनअघि पत्रकार सम्मेलन गर्दै उनीहरूले एमालेसँग पुनर्मिलनको संकेत दिएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको