गैंडाकोटका परियार एन्फा यु-१८ राष्ट्रिय लिगका लागि छनोट, खेलकुद समितिद्वारा सम्मान

गैंडाकोट, पौष २२ । जिल्लामा रहेका १८ वर्षमुनिका फुटबल खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको खेलाडी छनोट तथा ट्यालेन्ट हन्ट कार्यक्रमबाट गैंडाकोटका प्रदीप परियार एन्फा यु-१८ राष्ट्रिय लिग फुटबल अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लबका लागि छनोट हुन सफल भएका छन्।

 

नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटी र नवलपुर फुटबल क्लबको पहलमा आयोजित उक्त ट्यालेन्ट हन्ट कार्यक्रमबाट परियार छनोट भएका हुन्। एन्फा कोच सुवास तामाङ र अनमोल विकको पहल तथा सहयोगमा सम्पन्न छनोट प्रक्रियामा परियारले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरको लिगमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।

यस अवसरमा गैंडाकोट खेलकुद समितिले सोमबार समितिको कार्यालयमा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता रहेको थियो भने सचिव प्रकाश पौडेलले सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै वक्ताहरूले प्रदीप परियारको सफलताले गैंडाकोट तथा नवलपुर जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपिएको उल्लेख गर्दै आगामी दिनमा अझ मेहनत र अनुशासनका साथ खेल जीवनलाई अघि बढाउन शुभकामना व्यक्त गरे। समितिले परियारको सफलताले स्थानीय स्तरका अन्य युवा खेलाडीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको