गैंडाकोट, पौष २४ । गैंडाकोट जेसीजका पूर्व अध्यक्ष तथा गैंडाकोट नगरका उदयमान युवा नेता जेसी शंकर अधिकारी नेपाल जेसीजको राष्ट्रिय परियोजना ‘Project Sankalpa 2026’ का लागि National Chairperson पदमा मनोनित भएका छन्।
नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जेसी जीवन कार्कीको नेतृत्वमा अघि बढिरहेको “Aim, Act, Achieve” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने उद्देश्यसहित सञ्चालन हुने यस राष्ट्रिय परियोजनाको नेतृत्वदायी जिम्मेवारी जेसी अधिकारीलाई प्रदान गरिएको हो।
स्थानीय तहबाट सक्रिय नेतृत्व गर्दै आएका जेसी शंकर अधिकारीको राष्ट्रिय तहमा भएको यो मनोनयन गैंडाकोट जेसीज परिवारका लागि गौरवको विषय बनेको छ। उनको यो उपलब्धिले गैंडाकोट जेसीजको पहिचानलाई राष्ट्रिय स्तरमा थप मजबुत बनाएको स्थानीय जेसीज परिवारले जनाएको छ।
संगठन निर्माण, युवाको नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय रहँदै आएका जेसी अधिकारीको अनुभव र क्षमताले Project Sankalpa 2026 लाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।







