नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरे चयन

नवलपुर, माघ ८ । निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरे चयन भएका छन्।

 

मुख्यनिर्वाचन अधिकृत कमल ज्ञवालीले घिमिरेलाई कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा किटान गरिएको जानकारी दिएका हुन्। पार्टीभित्र सभापति शेरबहादुर देउवा र उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको पक्षमा जिल्लामा खुलेर नेतृत्व लिने नेतामध्ये घिमिरे एक हुन्।

नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति समेत रहेका घिमिरे लामो समयदेखि पार्टी संगठन निर्माण, सुदृढीकरण तथा स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनको उम्मेदवारीसँगै निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको चुनावी गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको