गैंडाकोटमा मनमोहन स्मृति मजदुर भवन उद्घाटन हुँदै

गैंडाकोट, फागुन २ । गैंडाकोट-५ पतनादेवी मार्गमा निर्माण सम्पन्न भएको मनमोहन स्मृति मजदुर भवन तथा नेकपा एमाले गैंडाकोट नगर कमिटीको कार्यालयको औपचारिक उद्घाटन फागुन ३ गते हुने भएको छ।

 

भवनको उद्घाटन कार्यक्रम बिहान ११ बजे आयोजना गरिने तय भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारी रहनेछन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) गैंडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कंडेलले रेडियो संकेतलाई जानकारी दिँदै उक्त भवन पार्टीका गतिविधि तथा संगठनात्मक कामलाई थप व्यवस्थित बनाउन निर्माण गरिएको बताए।

उनका अनुसार नव-निर्मित भवनले नगरस्तरीय बैठक, प्रशिक्षण तथा अन्य पार्टी कार्यक्रम सञ्चालन गर्न सहज वातावरण प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रममा पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयको उल्लेख्य सहभागिता रहने जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको