नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार काफ्लेको प्रतिबद्धता सार्वजनिक  महिला अधिकार, आर्थिक सशक्तीकरण र सुशासनमा विशेष जोड

गैंडाकोट, फागुन ८ । संगीता घिमिरे काफ्लेले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन्। नवलपुरको गैंडाकोट निवासी काफ्लेले महिला अधिकार, आर्थिक आत्मनिर्भरता, शिक्षा-स्वास्थ्य सुधार र सुशासनलाई प्राथमिक एजेण्डा बनाउने घोषणा गरेकी हुन्।

वि.सं. २०२८ साल १० महिना १६ गते जन्मिएकी काफ्ले शिक्षाशास्त्रतर्फ स्नातक (B.Ed) तथा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेकी छन्। उनले २०४९ सालदेखि नेवी संघ सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। २०६० सालमा वडा महिला सञ्जालको अध्यक्ष हुँदै जिल्ला सदस्य र पछिल्लो समय महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्।

एकल महिलाको क्षेत्रमा ‘रातो अभियान’ सञ्चालन गर्दै आएकी काफ्ले राष्ट्रिय महिला सम्मानबाट अभिनन्दित भइसकेकी छन्। सहकारी क्षेत्रमा लामो अनुभव बटुलेकी उनले नेस्कुनबाट ‘महिला अध्यक्ष अवार्ड’ समेत प्राप्त गरिसकेकी छन्। नवलपुर क्षेत्रमा सामुदायिक महिला हकअधिकारका लागि संघर्षरत नेतृका रूपमा उनी परिचित छन्।

काफ्लेका मुख्य प्रतिबद्धताहरू:

 

१. महिला अधिकार र सुरक्षा

लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयन र पीडितमैत्री न्याय प्रणाली विकास।

समान कामको समान पारिश्रमिक सुनिश्चित गर्न पहल। नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि।

 

२. शिक्षा र स्वास्थ्य सुधार

छोरीहरूको उच्च शिक्षामा पहुँच विस्तारका लागि विशेष कार्यक्रम।

मातृ तथा प्रजनन स्वास्थ्य सेवा गुणस्तरीय र सर्वसुलभ बनाउने पहल।

किशोरी स्वास्थ्य र महिनावारी व्यवस्थापनमा राज्यको विशेष ध्यान।

 

३. आर्थिक सशक्तीकरण

महिलालाई सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन। कृषिमा संलग्न महिलालाई अनुदान तथा बजार पहुँच सहज बनाउने। सहकारीमार्फत महिला आत्मनिर्भरता कार्यक्रम विस्तार।

 

४. सामाजिक न्याय र सुशासन

एकल महिला, ज्येष्ठ महिला र विपन्न महिलाका लागि सामाजिक सुरक्षा मजबुत।

लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनमा जोड।

पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासन प्रणालीका लागि पहल। काफ्लेले “राजनीति सेवा र जिम्मेवारी हो, महिलाको सम्मान र समान अवसर सुनिश्चित नगरी समृद्ध समाज निर्माण सम्भव छैन” भन्दै आफ्नो उम्मेदवारीलाई महिला सशक्तीकरण र सामाजिक न्यायको अभियानसँग जोडेर अघि बढाउने बताएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उनले मतदातासँग लोकतन्त्रको सुदृढीकरण, महिला नेतृत्वको सशक्त उपस्थिति र समावेशी विकासका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर १ नवलपुर का उम्मेदवार बालकृष्ण घिमिरे लगायत देशैभरका उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारहरूलाई रुखचिन्हमा मत दिइ विजय गराउनुहुन सम्पूर्णलाई आग्रह गरेकी छन्

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको