गैँडाकोटमा बस र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

गैँडाकोट, फागुन ११ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ स्थित जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८२ फागुन ११ गते राति करिब १२:१० बजे गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो। सोही क्रममा सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ४४६१ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक देवचुली नगरपालिका–११ निवासी १८ वर्षीय बिजेन पुलामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा राति १२:२१ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–१७ निवासी १७ वर्षीय राज विक दुवै हातखुट्टामा चोट लागी उपचाररत रहेका छन्।
दुवै सवारी साधन र बस चालक सुनवल नगरपालिका- ६ निवासी ३५ वर्षीय अजयकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको