गैंडाकोट, फागुन १४ । ४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा गैंडाकोट नगरपालिकाले फागुन १५ गते शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गैंडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त दिन नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, स्वास्थ्य तथा शैक्षिक संघसंस्था र सार्वजनिक संस्थाहरूमा स्थानीय बिदा रहने जनाएको हो।
नगरपालिकाद्वारा जारी सूचनामा राष्ट्रिय मगर एकता दिवसको पावन अवसरमा स्थानीय बिदा दिइएको उल्लेख गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको छ। साथै दिवसको अवसरमा सम्पूर्ण नगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ। नगर प्रमुखको तर्फबाट जारी उक्त सूचनाअनुसार बिदा निर्णय गैंडाकोट नगरपालिका क्षेत्रभित्र मात्र लागू हुने जनाइएको छ।







