गैंडाकोट फागुन १८ । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा १६ जना उम्मेदवार रहेको नवलपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे अरु उम्मेदवार भन्दा बलियो अवस्थामा देखिएका छ्न ।
१ लाख ३७ हजार ८१ जना मतदाता रहेको नवलपुर क्षेत्र नं १ मा बुलिङ्गटार, गैंडाकोट, देवचुली र कावासोती नगरपालिकाका वडा नं १,२, ५,६, ७, ८,९,१०,११,१२ र १३ पर्दछ्न ।
फागुन २१ मा हुने निर्वाचनका लागि यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण घिमिरे, एमालेका भागिरथ सापकोटा, रास्वपाका राजन गौतम, नेपाली कम्युनिस्ट पार्टीका लोकप्रसाद भुर्तेल, राप्रपाका दिपक चन्द्र बस्ताकोटी सहित १६ जना उम्मेदवार मैदानमा छन भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जगनाथ अर्यालले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बालकृष्ण घिमिरेलाई समर्थन गरिसकेका छन ।
१६ जना उम्मेदवार मैदानमा देखिए पनि मौन अवधी सुरु हुने केही घण्टा अगाडी सम्म कांग्रेसका बालकृष्ण घिमिरेका पक्षमा निर्वाचनको माहोल बलियो बन्दै गएको हो ।
घिमिरे सँगै एमालेका सापकोटा र रास्वपाबाट दोस्रो पटक निर्वाचन लडेका गौतमको पक्षमा माहोल देखिएको भए पनि मतदाताको रोजाई र रुझान घिमिरे प्रती तुलनात्मक रुपमा बढी देखिएको छ ।
२०४८ देखि निरन्तर जित्दै आएको कांग्रेस नवलपुर-१ मा आठौं जितको तयारीमा रणनीतिक रुपले लागेको छ । यस अघि ४ पटक शशांक कोइरालालाई उम्मेदवार बनाएर जितेको कांग्रेसले यो क्षेत्रमा १८ वर्ष पछि स्थानीय उम्मेदवारका रुपमा घिमिरेलाई अगाडि सार्दा कांग्रेसको पक्षमा राम्रो माहोल बन्दै गएको हो । बुलिङ्गटारमा स्कुल तहको शिक्षा पूरा गरेका घिमिरेले दुई दशक बढी कावासोती बसेर प्रध्यापन गरे । बुलिङ्गटार र कावासोतीमा दुवै तिर स्थानीय उम्मेदवारका रुपमा घिमिरेको पहिचान बनेको छ ।
बुलिङ्गटारमा र कावासोतीका स्थानीय घिमिरेको पक्षमा स्पष्ट खुलेका मात्रै होइन उनको चुनावी अभियानलाई स्थानीयले जुरुक्कै उठाएका छ्न । बुलिङ्गटार र कावासोतीमा मात्रै होइन कांग्रेसको गढ मानिने गैंडाकोट र देवचुलीमा पनि घिमिरेको पक्षमा मतदाताको रुझान स्पष्ट देखिएको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेससँग असन्तुष्ट भएर अन्य दलमा लागेका र कतै नगएर निष्क्रिय भएर बसेका नेता तथा कार्यकर्ता समेत यस पटक घिमिरेको उम्मेदवारी सँगै कांग्रेसको अभियानमा जोडिएका छ्न । घिमिरेको व्यक्तित्व, बौद्धिकता र उनको विगत अर्थात मध्यविन्दु प्रादेशिक अस्पतालमा उनले देखाएको कार्यशैली र नतिजाको कारणले घिमिरे मतदाताको रोजाईमा पर्दै गएका हुन ।
नतिजामुखी, कानुनी ज्ञान, नीतिनिर्माणमा दखल राख्ने स्थानीय युवालाई ससंदमा पठाउन बुलिङ्गटार जुरुक्क उठेको छ । बुलिङ्गटारमा जन्मिएर विद्यालय तहको शिक्षा त्यही लिएर त्यही बाट राजनीति सुरु गरेका घिमिरेको पक्षमा कांग्रेसले अघिल्ला निर्वाचनहरु भन्दा धेरै मत पाउने देखिन्छ ।







