गैंडाकोटमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुँदै

गैंडाकोट, फागुन २७ । गैंडाकोट नगरपालिकाले जापानिज इन्सेफलाइटिस रोगको विगतका वर्षहरूमा देखिएको प्रकोप र यस वर्ष पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्ने भएको छ।

 

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार गैंडाकोट नगरपालिका भित्रका ३५ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्ध खोप लगाइने जनाइएको छ। उक्त खोप २०८२ चैत १ गतेदेखि २०८२ चैत ५ गतेसम्म नगरभित्रका सबै स्वास्थ्य संस्थाबाट लगाइने व्यवस्था मिलाइएको छ।

नगरपालिकाले सम्बन्धित सबै नागरिकलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई खोप सेवा लिन आग्रह गर्दै यसबारे जानकारी गराउन सूचना प्रकाशित गरेको जनाएको छ।

नगरपालिकाले २०४७ साल फागुन मसान्तसम्म जन्ममिति भएका व्यक्तिहरूले उमेर खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने पनि जनाएको छ।

उक्त सूचना गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामागाँडेले जारी गरेका हुन्।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको