त्रिनेत्र सहकारीको ३४औँ साधारण सभा सम्पन्न, दिगोपन र पारदर्शितामा जोड

गैंडाकोट, चैत्र ७ । गैंडाकोटस्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४औँ वार्षिक साधारण सभा आज आफ्नै कार्यालय परिसरमा सम्पन्न भएको छ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता र सदस्य केन्द्रित सेवामा जोड दिइएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारी संस्थाहरू स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै संस्थागत सुशासन, पारदर्शिता र सदस्यहरूको विश्वास कायम राख्नुपर्ने आवश्यकता औँलाउँदै उनले सहकारीले उत्पादनमुखी लगानीतर्फ ध्यान दिनुपर्ने र यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आर्थिक समृद्धिमा टेवा पुर्‍याउनुपर्नेमा जोड दिए । संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शंकरनाथ आचार्यको सभापतित्वमा सम्पन्न सभामा सचिव दोलराज पाण्डेले वार्षिक सचिव प्रतिवेदन, कोषाध्यक्ष विपिनभक्त अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक मुरारी भुषालले प्रस्तुत गरेका थिए।

विशेष अतिथिका रूपमा उपस्थित गैंडाकोट सहकारी समन्वय मञ्चका संयोजक बाबुराम खनालले सहकारी क्षेत्रका पछिल्ला तथ्यांक प्रस्तुत गर्दै नीति तथा नियमको स्पष्ट कार्यान्वयनमा जोड दिँदै सहकारी संस्थाहरूले आफ्ना नीति स्पष्ट राख्दै सदस्यहितमा केन्द्रित हुन सके मात्र दीगो विकास सम्भव हुने उनले बताए ।

सभाका सभापति आचार्यले संस्थाको नीतिगत स्पष्टता र अनुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै बिना धितो ऋण नदिने नीति संस्थाको दिगोपनका लागि महत्वपूर्ण रहेको धारणा राख्दै हामीले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं। सुरक्षित लगानी र जिम्मेवार ऋण प्रवाह नै हाम्रो बलियो आधार हो उनले संक्षेपमा आफ्नो धारणा प्रस्तुत गरे। ३४ औँ वार्षिक साधारण सभाकै अवसरमा उत्कृष्ट बचतकर्ता तथा विभिन्न सहकारी बचतका शीर्षकमा उत्कृष्ट भूमिका निर्वाह गरेका सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।सभामा विभिन्न सदस्य, सरोकारवाला तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभालाई संस्थाका सचिव डोलराज पाण्डेले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको