चितवनमा बर्ड फ्लु पुष्टि: १८ हजारभन्दा बढी कुखुरा नष्ट, उच्च सतर्कता अपनाइयो

गैंडाकोट, चैत १७ । चितवन जिल्ला मा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। संक्रमण फैलिन नदिन सम्बन्धित निकायहरूले तत्कालै नियन्त्रणात्मक कदमहरू अघि बढाएका छन्।

पशु सेवा विभागका अनुसार प्रभावित क्षेत्रमा रहेका कुखुरा, चल्ला, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरिएको हो। भरतपुर महानगरपालिका भित्रको एक कुखुरा फार्ममा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएपछि तत्कालै ‘किलिङ, डिस्पोजल र डिसइन्फेक्सन’ प्रक्रिया लागू गरिएको जनाइएको छ।

प्राविधिक टोलीले उक्त फार्मलाई केन्द्रविन्दु मानेर आसपासका क्षेत्रमा निगरानी तीव्र पारेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै संक्रमण फैलिन सक्ने क्षेत्रलाई नियन्त्रणमा राखिएको छ।

संक्रमण पुष्टि भएसँगै फार्म वरपरको निश्चित दूरीभित्रका सबै कुखुरा नष्ट गरिएको छ। साथै, प्रभावित क्षेत्रमा कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसारमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

पशु सेवा विभागका अधिकारीहरूका अनुसार बर्ड फ्लु अत्यन्तै संक्रामक रोग भएकाले समयमै नियन्त्रण नगरे ठूलो आर्थिक तथा जनस्वास्थ्य जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्। त्यसैले उच्च सतर्कता अपनाउँदै आवश्यक सबै उपायहरू कार्यान्वयन गरिएको हो।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले किसान तथा व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कुखुरामा असामान्य व्यवहार, अचानक मृत्यु वा अन्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको