गैंडाकोट प्रज्ञाप्रतिष्ठानको स्थापना दिवसमा स्रष्टा सम्मान, कला-साहित्य प्रवर्द्धनमा जोड

गैंडाकोट, २६ चैत । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको चौथो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कला र संगीत क्षेत्रमा योगदान पुर्‍याएका नगर भित्रकादुई स्रष्टा सम्मानित भएका छन्।

गैंडाकोट प्रज्ञा पुरस्कार-२०८२ बाट कलासाधक सुवर्ण प्रधान र संगीतसाधक शारदा सापकोटा सम्मानित भएका हुन्। प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा बिहीबार सम्पन्न कार्यक्रममा प्रतिष्ठान कुलपति गोविन्दराज विनोदी र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान प्रदान गरेका हुन्। सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वबारे उपकुलपति भीमप्रसाद शर्माले प्रकाश पारेका थिए ।

सोही अवसरमा बोल्दै कुलपति गोविन्दराज विनोदीले गैंडाकोटको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रज्ञाप्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै स्थानीय प्रतिभाहरूको पहिचान, सम्मान र प्रोत्साहनले सृजनशील वातावरण निर्माण हुने उल्लेख गरे ।

प्रमुख अतिथि एवं नगरप्रमुख मदनभक्त अधिकारीले नगरभित्र रहेका स्रष्टा र साधकहरू नै समाजका वास्तविक सम्पत्ति भएको बताए । उनले कला र साहित्यले समाजलाई सभ्य, सचेत र सिर्जनशील बनाउने भएकाले यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

त्यसैगरी उपकुलपति भीमप्रसाद शर्माले सम्मानित स्रष्टाहरूको योगदान नगरकै गौरव भएको उल्लेख गर्दै उनीहरूको साधना नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । मुना धनञ्जयले सहजीकरण गरेको उक्त कार्यक्रममा अमरबिरही गुरुङ, उदय अधिकारी, गोविन्द कोइराला, इन्द्रराज पौडेल, बाबुराम पाण्डे, उदयनाथ रेग्मी, विष्णु पन्थी, भूमिका गैरे तिमिल्सिना, सिर्जन लम्साल, सुजन अधिकारी, भूमिश्वर पौडेल, कृष्ण उदासी, शोभा खनाल कोइराला, विश्वराज लम्साल, नारायणप्रसाद तिवारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरभित्रका स्रष्टाहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको