नवलपरासी (बर्दघाट सुस्ता पूर्व), जेठ १ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१ लोकहा स्याउलीस्थित एक मकैबारीमा मृत अवस्थामा भाले गैडा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय बासिन्दा भिमबहादुर दर्जीको मकैबारीमा करिब ३० देखि ३५ वर्ष उमेरको जस्तो देखिने भाले गैडा मृत अवस्थामा रहेको जानकारी बिहीबार बिहान ८ः३० बजे प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थलमा डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती तथा इलाका वन कार्यालय रजहरका कर्मचारीसमेत पुगेका थिए।
प्रारम्भिक निरीक्षणका क्रममा गैडाको शरीरमा बाहिरी चोटपटक वा घाउ देखिएको छैन। गैडाको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







