गैंडाकोट, ३ जेठ। गैंडाकोटस्थित Oxford College of Engineering and Management (OCEM) अन्तर्गत सञ्चालित Oxford Secondary School ले कक्षा १२ का विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। गैंडाकोटको The Narayani Resort मा आयोजित समारोह २०८२ ब्याचका विद्यार्थीहरूको सम्मान तथा औपचारिक बिदाइका लागि विशेष रूपमा आयोजना गरिएको थियो।
समारोहमा विद्यालय व्यवस्थापन समिति, प्राध्यापक, कर्मचारी, अभिभावक तथा सयौं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो भने आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक Prof. Dr. E. Hari Bhandari ले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले अक्सफोर्डले शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, नैतिक मूल्य, व्यक्तित्व विकास तथा व्यवहारिक ज्ञान अभिवृद्धिमा विशेष जोड दिँदै आएको बताउनुभयो। आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली र दक्ष शिक्षक टोलीमार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा विद्यालय निरन्तर सक्रिय रहेको उहाँको भनाइ थियो।
समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका प्रेरणादायी मन्तव्य, गीत–संगीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमले वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो। सहभागी विद्यार्थीहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, सहकार्यपूर्ण वातावरण तथा विद्यार्थीमैत्री शिक्षण पद्धतिको प्रशंसा गरेका थिए।
विद्यालय प्रशासनले विद्यार्थीहरूलाई उच्च शिक्षाको आगामी यात्रामा सफलताको शुभकामना दिँदै समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गरेको जनाएको छ। विद्यालयका अनुसार दीक्षान्त समारोहले विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ ऊर्जा र आत्मविश्वास थपेको छ।
यसैबीच, विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा भर्ना खुला रहेको जानकारी दिएको छ। अनुभवी शिक्षक टोली, आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा, अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट शैक्षिक नतिजामार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ। 









