विनयी त्रिवेणीको सिसेनी जंगलमा गैडाको आक्रमण, मोटरसाइकलमा क्षति

नवलपुर, जेठ ९ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित सिसेनी जंगल क्षेत्रमा गैडाले मोटरसाइकलमा आक्रमण गर्दा मोटरसाइकलमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः५५ बजेको समयमा सिसेनीबाट तमासपुरतर्फ जाँदै गरेको ना ४४ प २०६२ नम्बरको मोटरसाइकललाई बाटोमा गैडाले अवरोध गरेको थियो।

मोटरसाइकल चालक विनयी त्रिवेणी–१ बगुवन निवासी अन्दाजी ५५ वर्षीय चन्द्र विकले अवस्था जोखिमपूर्ण देखेपछि मोटरसाइकल छाडेर नजिकैको रुखमा चढेर ज्यान जोगाएका थिए। त्यसपछि गैडाले मोटरसाइकलमा आक्रमण गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। चालक भने सुरक्षित रहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको