बारा, जेठ १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले बारा जिल्लास्थित विश्वप्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर मा पुगेर दर्शन तथा विशेष पूजाअर्चना गरेकी छन्।
मधेस प्रदेश भ्रमणका क्रममा मन्त्री यादव आज बिहान महागढीमाई नगरपालिकामा अवस्थित गढीमाई मन्दिर परिसर पुगेकी हुँ । मन्दिरमा पुग्नुभएका मन्त्री यादवलाई गढीमाई मन्दिर विकास समिति, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए। मन्त्री यादवले देशमा अमनचयन, समृद्धि तथा नागरिकको सुख–समृद्धिको कामना गर्दै गढीमाईको मूल मन्दिरमा विधिपूर्वक पूजा गर्नुभएको मन्दिर समितिले जनाएको छ।
पूजाअर्चनापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले गढीमाई मन्दिर नेपाल मात्र नभई अन्तर्राष्ट्रियस्तरमै ठूलो आस्थाको केन्द्रका रूपमा परिचित रहेको बताउँदै उनले धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। मन्त्री यादवले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गढीमाई क्षेत्रलाई थप व्यवस्थित र आकर्षक धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखिन्।







