महासंघका पूर्व अध्यक्ष सुदर्शन प्रसाद पौड्यालको निधन

काठमाडौं, जेठ ११ । नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा विद्युतीय व्यवसाय क्षेत्रका अग्रज व्यक्तित्व सुदर्शन प्रसाद पौड्याल को उपचारका क्रममा आइतबार राति करिब ११ बजे असामयिक निधन भएको छ।

 

उहाँको निधनप्रति महासंघ परिवारसहित विद्युतीय व्यवसाय क्षेत्र शोकमग्न बनेको छ। महासंघले आइतवार जारी गरेको दुःखद सूचनामा पौड्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। विद्युतीय व्यवसाय क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणमा पौड्यालले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। महासंघको नेतृत्व सम्हाल्ने क्रममा उहाँले व्यवसायीहरूबीच एकता, सहकार्य र व्यावसायिक अनुशासनलाई विशेष प्राथमिकता दिँदै संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको सरल स्वभाव, सकारात्मक सोच र प्रेरणादायी नेतृत्वका कारण महासंघभित्र मात्र नभई समग्र व्यवसायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत उहाँ सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको