ब्रेक फेल हुँदा यात्रुबाहक बस दुर्घटना, ६ महिला घाइते

गैंडाकोट, जेठ १३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलास्थित पूर्व पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो करिब ४ बजे भारतबाट काठमाडौंतर्फ आउँदै गरेको UP62DT 2780 नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका हुन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबास लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा रिफर गरिएको प्रहरीले जनाएको छ।

 

घाइते हुनेहरूमा भारत महाराष्ट्र जिल्ला बस्ने ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जिसिमुख, ५८ वर्षीया संगिता बिसिनेत, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ रहेका छन्। उनीहरूको ढाड, टाउको, अनुहार, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। अधिकांशको अवस्था मध्यम तथा केहीको सामान्य रहेको बताइएको छ। बस चालक भारत आजगढ जिल्ला बस्ने ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको