फिन इलेक्ट्रो-टेक २०२६ भव्य रूपमा शुभारम्भ, पहिलो दिनमै ४ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौं, जेठ २२ । नेपालको विद्युतीय, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यसहित आयोजित ‘फिन इलेक्ट्रो-टेक २०२६’ को १२औँ संस्करण आज काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा भव्य रूपमा शुभारम्भ भएको छ।

 

नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा भएको प्रदर्शनीको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले ले गरेका हुन्। उद्घाटन समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, उद्योगी-व्यवसायी, ऊर्जा तथा प्रविधि क्षेत्रका विज्ञ, देशभरका जिल्ला तथा नगर संघका पदाधिकारी तथा सदस्य, प्रदर्शक कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

महासंघका महासचिव शंकर देवकोटाका अनुसार प्रदर्शनीको पहिलो दिनमै झण्डै ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेका छन्। सर्वसाधारण तथा व्यवसायिक क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रप्रति बढ्दो चासो र प्रविधिमैत्री बजार विस्तारको संकेत गरेको महासंघको विश्वास छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूले नवीनतम विद्युतीय सामग्री, ऊर्जा प्रविधि, स्मार्ट समाधान, सञ्चार तथा प्रविधिसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरेका छन्। प्रदर्शनीले व्यवसायिक नेटवर्क विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा उपभोक्तालाई नवीनतम प्रविधिसँग परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युतीय व्यवसायी महासंघले उद्घाटन समारोह तथा प्रदर्शनीको सफल आयोजनामा सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिवर्ग, देशभरबाट सहभागी जिल्ला तथा नगर संघका पदाधिकारी एवं सदस्य, प्रदर्शक कम्पनी, मुख्य प्रायोजक, प्रायोजक, सह-प्रायोजक, सहयोगी संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण अवलोकनकर्ताप्रति आभार व्यक्त गरेको छ। महासंघले प्रदर्शनी अवधिभर उपस्थित भई कार्यक्रमलाई सफल बनाउन देशभरका नगर तथा जिल्ला संघ, सरोकारवाला निकाय र सर्वसाधारणलाई प्रदर्शनी अवलोकनका लागि आग्रह समेत गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको