भिर्कुटी चोक टोल विकास महिला समूहको तेस्रो अधिवेशन सम्पन्न, चन्द्रा गौतम सुवेदीको नेतृत्व

गैंडाकोट, जेठ २४ । गैंडाकोट नगरपालिका-२ स्थित भिर्कुटी चोक टोल विकास महिला समूहको साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष यशोदा सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनले चन्द्रा गौतम सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

 

अधिवेशनको उद्घाटन सत्रमा गैंडाकोट नगरपालिका वडा नं. २ की वडा सदस्य सीता श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा वेदप्रसाद गौडेल, गोविन्द सुवेदी, केशव तिवारी, नारायण सापकोटा, शारदा ढकाल, राजेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो।

 

अधिवेशनले सर्वसम्मत रूपमा चन्द्रा गौतम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा अन्जु अधिकारी न्यौपाने, सचिवमा सरिता अर्याल, कोषाध्यक्षमा डिला सापकोटा तथा सह-सचिवमा कमला पौडेल सापकोटा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अनिषा पौडेल घिमिरे, कमला कँडेल सापकोटा, मनु गोतामे, सपना काफ्ले दाहाल, दिपा सापकोटा र राधा पन्त चयन भएका छन्।

अधिवेशनले प्रभा दाहाल सुवेदीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा भगवती सुवेदी र गीता लम्साल रहेका छन्।

 

प्रमुख अतिथि तथा वडा सदस्य सीता श्रेष्ठले महिला समूहहरू सामाजिक विकासका महत्वपूर्ण आधार भएको बताइन्। उनले टोलस्तरमा महिला नेतृत्वको विकास, सामाजिक सचेतना अभिवृद्धि तथा सामुदायिक एकतालाई मजबुत बनाउन यस्ता संस्थाहरूको भूमिका उल्लेखनीय रहेको बताइन्।

कार्यक्रमकी सभापति तथा निवर्तमान अध्यक्ष यशोदा सापकोटाले कार्यकालभर समूहलाई साथ दिने सम्पूर्ण सदस्य, स्थानीयवासी तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन्।

उनले महिला एकता, सहयोग र सक्रियताका कारण समूहले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरू सफलतापूर्वक सञ्चालन गर्न सकेको उल्लेख गर्दै नवगठित कार्यसमितिले संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा वक्ताहरूले महिला सशक्तीकरण, सामाजिक एकता तथा टोलस्तरका विकास गतिविधिमा महिलाको सक्रिय सहभागिताले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। कार्यक्रम एभर ग्रीन बोडिङ्ग स्कुलको सभाहलमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको