नवलपुरमा भारतीय कारको ठक्करबाट वृद्धको मृ’त्यु, एक घाइते

गैंडाकोट, ३१ जेठ । पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक वृद्धको मृ’त्यु भएको छ भने एक जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ११ स्थित बोडिङ चोकमा नारायणगढबाट कावासोती तर्फ आउँदै गरेको UP 57 CD 9010 नम्बरको भारतीय कारले ग.प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी ग,म्भीर घाइते भएकी स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका वडा नं. १ बस्ने ७७ वर्षीया सावित्री भुसालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा साँझ ५:२० बजे चिकित्सकले मृ’त घोषित गरेका थिए।

दुर्घटनामा स्कुटर चालक हुप्सेकोट-१ कै ४० वर्षीया सानु भन्ने सीता भुषाल घाइते भएकी छन्। उनको टाउको र दुवै हातमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कार र चालक भारतको उत्तर प्रदेश, सुखिनगर कसैया बस्ने ४३ वर्षीय करुणा निधान मिश्रलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली खटिएर दु’र्घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको