गैँडाकोटमा प्राविधिक शिक्षाको नयाँ इतिहास: काठमाडौँ विश्वविद्यालयको BIT कार्यक्रम सुरु, ‘पढ्दै कमाउँदै’ अवधारणा लागू

गैँडाकोट, असार १० । नवलपुर-चितवन क्षेत्रकै प्राविधिक शिक्षाको क्षेत्रमा एउटा ऐतिहासिक फड्को मार्दै गैँडाकोटमा पहिलोपटक काठमाडौँ विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम भित्रिएको छ । गैँडाकोट–५ मा यसै वर्षदेखि स्थापना भएको अत्याधुनिक शैक्षिक संस्था एन.आई.टी. (NIT) कलेजले आज एक विशेष पत्रकार सम्मेलन आयोजना गरी शैक्षिक सत्र २०२६ का लागि औपचारिक रूपमा भर्ना खुला भएको घोषणा गरेको हो ।

 

 

वर्तमान प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नहुने कटु यथार्थलाई मध्यनजर गर्दै कलेजले पहिलो वर्षदेखि नै ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) को नवीन अवधारणा अघि सारेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्नातक तहको अध्ययन पूरा गर्नुअगावै रोजगार बजारका लागि सक्षम, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन प्रत्यक्ष कार्य अनुभव र आर्थिक आत्मनिर्भरता प्रदान गरिने कलेजले जनाएको छ ।

डिग्रीसँगै २-३ वर्षको कार्य अनुभव र कर्पोरेट नेटवर्कको लक्ष्य

पत्रकार सम्मेलनमा बोल्दै एन.आई.टी. कलेजका अध्यक्ष छवि कँडेलले कलेजको उद्देश्य र भावी योजनामाथि प्रकाश पार्नुभयो ।

“गैँडाकोटमै पहिलोपटक काठमाडौँ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थाको BIT कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यो एकदमै नयाँ र परिमार्जित सोचका साथ खोलिएको कलेज हो । हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई कोठाभित्रको सैद्धान्तिक ज्ञानमा मात्र सीमित राख्नु होइन । नेपाल र अन्तर्राष्ट्रिय बजारमा अहिले दक्ष आईटी जनशक्तिको ठूलो माग छ । हामीले विद्यार्थीहरू कलेजबाट निस्कँदा हातमा डिग्रीको सर्टिफिकेट मात्र होइन, बजारले खोजेको कम्तीमा २-३ वर्षको वास्तविक कार्य अनुभव र कर्पोरेट नेटवर्कसमेत लिएर निस्कियून् भन्ने चाहेका छौँ । यो कार्यक्रमले विद्यार्थीलाई अध्ययनकै क्रममा आर्थिक रूपमा आत्मनिर्भर बन्न सघाउने जानकारी दिए ।

 

 

१० वटा स्वदेशी तथा विदेशी आईटी कम्पनीहरूसँग सम्झौता (MoU) विद्यार्थीहरूलाई शतप्रतिशत प्रयोगात्मक र रोजगारमुखी शिक्षा प्रदान गर्नका लागि कलेजले स्थापनाकै वर्ष २ अन्तर्राष्ट्रिय र ८ राष्ट्रिय प्रतिष्ठित आईटी कम्पनीहरूसँग द्विपक्षीय समझदारी पत्र (MoU) सम्पन्न गरिसकेको छ । यस रणनीतिक सहकार्यअन्तर्गत विद्यार्थीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:

सशुल्क इन्टर्नसिप (Paid Internship) र आंशिक रोजगारी (Part-Time Employment)

उद्योगमा आधारित वास्तविक प्रोजेक्टहरू (Industry-based Projects)मा काम गर्ने अवसर

क्षेत्रगत विज्ञहरू (Industry Experts) बाट प्रत्यक्ष मेन्टरसिप र करियर गाइडन्स

बजारको मागअनुसारका अत्याधुनिक विषयहरू र भौतिक पूर्वाधार

यो BIT कार्यक्रम विशेषगरी प्लस टु विज्ञान (Physics, Mathematics, and Chemistry वा Computer Science) अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि लक्षित छ । यस पाठ्यक्रमभित्र विश्व बजारमा अत्यधिक माग भएका अत्याधुनिक विषयहरू समावेश छन्:

आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङ

साइबर सेक्युरिटी र क्लाउड कम्प्युटिङ

डाटा साइन्स

सफ्ठवेयर डेभलपमेन्ट तथा मोबाइल एप्लिकेसन डेभलपमेन्ट

कलेजले विद्यार्थीहरूको सहजताका लागि बिहानको सिफ्ट (Morning Shift) मा कक्षाहरू सञ्चालन गर्नेछ, जसले गर्दा विद्यार्थीहरूलाई दिउँसोको समयमा कम्पनीहरूमा काम गर्न वा इन्टर्नसिप गर्न सहज हुनेछ । कलेजमा अत्याधुनिक कम्प्युटर ल्याब, डिजिटल शिक्षण वातावरण, र अनुभवी प्राध्यापकहरूको व्यवस्था रहेको छ । साथै, जेहेन्दार, विपन्न तथा समावेशिताका आधारमा विभिन्न छात्रवृत्ति योजनाहरू समेत उपलब्ध गराइने कलेजले जनाएको छ ।

कलेज प्रशासनका अनुसार शैक्षिक गुणस्तर कायम राख्नका लागि सीमित सिटहरू मात्र उपलब्ध गराइएकाले इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै कलेजमा सम्पर्क राखी परामर्श लिन र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको